अनलाइन ‘ALC English Olympiad’ हुँदै, अंग्रेजी परीक्षण गरेर नगद जित्ने मौका
काठमाडौं । अंग्रेजी भाषामा दक्षता मापन गर्ने उद्देश्यले अमेरिकन ल्याङ्ग्वेज सेन्टर (ALC) ले राष्ट्रव्यापी ‘ALC English Olympiad’’ आयोजना गर्ने भएको छ।
ALC English Olympiad पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागीहरूले ३० मिनेटको अनलाइन अंग्रेजी दक्षता परीक्षा दिनुपर्नेछ, जसमा Reading, Listening, Vocabulary र Grammar गरी चारवटा मापदण्डमा मूल्याङ्कन गरिनेछ। परीक्षा मोबाइल फोन वा ल्यापटप दुवै माध्यमबाट दिन सकिने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीहरूलाई रु ५०,००० सम्मको नगद पुरस्कार, २०५ अमेरिकी डलर बराबरको निःशुल्क TOEFL परीक्षा, साथै सबै
सहभागीलाई प्रमाणपत्र र २० डलरको TOEFL छुट प्रदान गरिनेछ। आयोजकका अनुसार विजेता छनोट गर्दा उच्च अंक र छिटो उत्तर दिने क्षमता लाई आधार बनाइनेछ।
यो प्रतियोगिता फेब्रुअरी ६ देखि १३, २०२६ सम्म कुनै पनि रोजिएको मितिमा दिन सकिनेछ। प्रतियोगितामा १६ वर्षभन्दा माथिका इच्छुक जो–कोही सहभागी हुन सक्नेछन्।
प्रतियोगितामा सहभागी हुन इच्छुकले https://alc-english-olympiad.alc.edu.np/ मार्फत दर्ता गर्न सक्नेछन्।



प्रतिक्रिया