निर्वाचनमा खटिने कर्मचारीलाई भत्तादेखि २० लाखसम्मको बिमा सुविधा
काठमाडाैं- निर्वाचन आयोगले निर्वाचनमा खटिने सबै कर्मचारीका लागि भत्तादेखि बिमासम्मका विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगका अनुसार निर्वाचनमा खटिने प्रत्येक कर्मचारीलाई जनही २० लाख रुपैयाँको बिमा सुविधा प्रदान गरिनेछ ।
मतदान केन्द्र तथा सुरक्षा अनुगमन घुम्ती टोलीमा खटिने कर्मचारीलाई दैनिक भत्तासमेतको व्यवस्था गरिएको छ । भत्ताअनुसार मतदान अधिकृतले दैनिक २ हजार ५ सय रुपैयाँ, सहायक मतदान अधिकृतले २ हजार रुपैयाँ, सहायक कर्मचारीले १ हजार ६ सय रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकले जनही १ हजार २ सय रुपैयाँ पाउनेछन् ।
निर्वाचन आयोग, आयोगअन्तर्गतका ७७ कार्यालय र १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीका लागि सुरु तलब स्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधा उपलब्ध गराइने आयोगले जनाएको छ । अतिरिक्त समयमा काम गर्ने कर्मचारीका लागि खाजा–खाना खर्चसमेतको व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया