राष्ट्रिय सभामा कांग्रेस बन्यो पहिलो दल
काठमाडौं- नेपाली कांग्रेस राष्ट्रिय सभामा पनि अग्रस्थानमा पुगेको छ। आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका ९ जना उम्मेदवार निर्वाचित भएसँगै पार्टी पहिलो दल बनेको हो।
एमाले र जसपासँग तालमेल गरेर कांग्रेसले १८ मध्य ९ सिट लिएको थियो, जसमध्यै सबै निर्वाचित भएका हुन्।
अब राष्ट्रिय सभामा कांग्रेस २५ सिटसहित पहिलो दल बनेको हो। यसअघि कांग्रेसको १६ सिट थियो।
त्यस्तै आजको चुनावबाट कतै उम्मेदवार जिताउन नसकेको नेपाली कम्युनिस्ट पार्टी १८ सिटसहित दोस्रोमा पुगेको छ। यसअघि नेकपा पहिलो दल थियो।
नेकपाका ९ सदस्य आजबाट बिदा भएका छन्। त्यस्तै एमाले ११ सिटसहित तेस्रो रहँदा राष्ट्रिय जनमोर्चका १ जना सांसद मात्रै रहेका छन्।
राष्ट्रिय सभामा कुल ५९ सदस्य रहन्छन्, जसमध्ये राष्ट्रपतिले ३ जना मनोनीत गर्ने गर्छन्।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया