हिउँको च्यादरभित्र खप्तड (फोटोफिचर)
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटकीय स्थल खप्तडमा हिमपात परेको छ । याे क्षेत्रमा मंगलबारदेखि हिउँदे वर्षा भएसँगै हिमपात भएकाे हो ।
खप्तड होमस्टे, झिग्राना, डोटीका सञ्चालक दीपकबहादुर खड्काका अनुसार खप्तड क्षेत्र आसपासमा बिहानैदेखि हिमपात भइरहेको छ ।
हिमपातसँगै खप्तड क्षेत्र दर्शनीय देखिएको छ । हिउँका पारखीहरू यसकाे आनन्द लिन खप्तड पुगेका छन् ।
स्थानीय पर्यटन व्यवसायीका अनुसार हिउँ परेसँगै आन्तरिक पर्यटककाे आवागमनले गतिविधि बढेकाे छ ।
बझाङ, बाजुरा, अछाम र डोटीको संगम भूमि खप्तड पर्यटकीय आकर्षणकाे केन्द्र मानिन्छ ।
मौसमविद्हरूका अनुसार माैसमी प्रणालीका कारण नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले वर्षा र हिमपात भइरहेको छ । यसको प्रभाव अझै केही दिन पर्ने उनीहरूको भनाइ छ । चिसो बढेसँगै मौसमविद् र चिकित्सकहरूले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
तस्बिर सौजन्य : दीपकबहादुर खड्का
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय









प्रतिक्रिया