लुटपाटमा संलग्नको आरोपमा मूलपानीबाट १० पक्राउ
काठमाडौं । लुटपाटमा संलग्नको आरोपमा काठमाडौंको मूलपानीबाट १० जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गएराति उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार, उक्त क्षेत्रमा रातिको समयमा लुटपाटको घटना बढेको गुनासोपछि बुधबार प्रहरी परिचालित भएको थियो । सोही क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । त्यसक्रममा प्रहरीले गोलीसमेत चलाएको थियो ।
नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । अनुसन्धान प्रक्रिया सकिएपछि थप कानूनी कारबाही अघि बढाउने प्रहरीको तयारी छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया