मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने
जनकपुर – मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गर्नुभएको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।
सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया