NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

नौ वर्षपछि गोरखापत्र संस्थानमा नयाँ कर्मचारी भर्ना खुला

काठमाडौं– सरकारी स्वामित्वको गोरखापत्र संस्थाले नौ वर्ष पछि नयाँ भर्ना खुला गरेको छ । संस्थानले लोक सेवा आयोगबाट स्वीकृत पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका बमोजिम रिक्त रहेका विभिन्न पदमा शुक्रबार सुचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो ।

गोरखापत्र संस्थान प्रमुख एंव महाप्रबन्धक लालबहादुर ऐरीको सक्रियता र पहलमा नयाँ भर्ना खुला भएको हो । महाप्रवन्धक ऐरीको अग्रसरतामा लामो समय देखि नियमित हुन नसकेको पदपूर्ति र बढुवा प्रक्रिया समेत खुला गरिएको हो । यसले संस्थाको कार्यसम्पादन तथा प्रशासनिक संरचनालाई जीवन्त तुल्याउने विश्वास गरिएको महाप्रबन्धक ऐरीको सामाजिक सञ्जालमार्फत जानकारी गराए ।

लामो समयपछि संस्थानले विभिन्न तहमा खुला प्रतियोगितात्मक परीक्षा, आन्तरिक प्रतियोगितात्मक परीक्षा खुला गरेको छ । यस्तै ज्येष्ठ र कार्य सम्पादन मूल्याङकन द्धारा हुने बढुवा समेत खुला गरेको छ । संस्थानले प्रशासन, प्राविधिक र पत्रकारिता सेवामा नयाँ भर्ना खुला गरेको छ ।

अधिकृतदेखि सहायकस्तरका कर्मचारीको नयाँ भर्ना खुला गरेको संस्थानले जनाएको छ । खुला प्रतियोगितात्मक ९१ जना र आन्तरिक १८९ गरी २८० जनाको भर्ना खुला गरेको संस्थानले जनाएको छ ।

विभिन्न तहमा ९१ सङ्ख्यामा नयाँ भर्ना खुला गरिएकाले यसले संस्थानमा रोजगारी समेत सिर्जना गर्न मद्दत पुग्ने उनको भनाई छ । यस्तै संस्थानमा पहिलो पटक संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरि सोही प्रतिवेदन अनुसार आगाडि बढेको जनाएको छ ।

संस्थानले कुलामा नायब कार्यकारी निर्देशक नौ तहमा एक जना माग गरेको छ । यस्तै समाचारदाता ६ तह(नेपाली)मा नौ जना माग गरेको छ । यस्तै समाचारदाता ६ तह(अग्रेजी_मा सात जना माग गरेको छ । फोटो पत्रकार तह ६ (फोटोग्रार्फी तथा कला)मा दुई जना माग गरेको संस्थाले जनाएको छ । प्रशासनका विभिन्न तहमा नयाँ कर्मचारी माग गरिएको छ ।

खुला प्रतियोगितात्मक परीक्षाका लागि आगामी फागुन सात गते सम्म फाराम बुझाउनुपर्ने छ । यस्तै दोब्बर दस्तुर तिरी फागुन १४ गते सम्म फाराम बुझाउने समय सीमा निर्धारण गरिएको छ । तोकिएको योग्यता पुगेका उमेदवारले तोकिएको शुल्क तिर फाराम बुझाउन सकिने संस्थानले जनाएको छ।

इच्छुक उम्मेदवारले दरखास्त फारम संस्थानको वेबसाइटबाट डाउनलोड गरी एफो साइजको पेपरमा प्रिन्ट गरी हालसालै खिचेको पासपोर्ट साइजको ३ प्रति फोटो टाँसी सम्पूर्ण विवरण भरी गोरखापत्र संस्थान, केन्द्रीय कार्यालय, धर्मपथ, काठमाडौँमा दरखास्त पेस गर्न सक्नेछन्।