बानेश्वरमा खुल्यो ‘करेन्ट मार्ट’, यसोदा फुड्सका सबै भेराइटी पाइने
काठमाडौँ । नेपाली बजारमा ’हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ’करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ’करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौँको बानेश्वरस्थित कात्यायनी चोकमा सञ्चालनमा ल्याएको छ।
भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँमा नयाँ शाखा विस्तार गरेको हो । करेन्ट मार्ट’ को उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरेका थिए ।
नवनिर्मित ’करेन्ट मार्ट’ मा उपभोक्ताहरूले यसोदा फुड्सले उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नछन् । करेन्ट ब्रान्डका लोकप्रिय चाउचाउ, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने छ ।
उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भैरहवाका उपभोक्ताहरूले ’करेन्ट मार्ट’ लाई देखाएको माया र विश्वासले राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको बताए । यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमुलमा ’करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको थियो ।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ। कम्पनीले ’करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरू उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। आफ्ना उत्पादनहरू नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया