रेमिट्यान्सको रेकर्ड ब्रेक: आधा वर्षमै साढे १० खर्ब
काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल भित्रिने रेमिट्यान्स ३९.१ प्रतिशतले बढ्दै १० खर्ब ६२ अर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकका अनुसार पुस महिनामा मात्र १ खर्ब ९२ अर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स आएको हो।
अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। यस अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या करिब ४ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया