सुनको मूल्य तोलामा साढे नौ हजारले बढ्यो
काठमाडौं । नेपाली बजारमा आइतबार (माघ २५) सुनको मूल्य ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला साढे नौ हजार रुपैयाँले बढेको हो ।
आजको भाउ प्रतितोला तीन लाख ५०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार (माघ २३) मा दुई लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यस दिन चाँदीको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर पाँच हजार १० रुपैयाँ निर्धारण भएको छ ।
शुक्रबार चार हजार ७१० रुपैयाँ थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया