फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्रै घोषणापत्र सार्वजनिक गरी बुझाउन निर्देशन दिएको छ । आयोगले मंगलबार आचारसंहिताको दफा ३७ बमोजिम दलले आयोगमा र उम्मेदवारलाई निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिताको दफा ३७ मा दल वा उमेदवारले घोषणापत्र सार्वजनिक गरी त्यसको आधारमा चुनाव प्रचार गर्नुपर्ने उल्लेख छ । ३७ को २(१) अनुसार घोषणापत्र दलले आयोग र उमेदवारले निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
आचारसंहितामा प्रगतिको कार्य प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने उल्लेख छ ।
प्रतिनिधिसभा निर्वाचन आउँदो फागुन २१ गते हुँदै छ । हालसम्म अधिकांश दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् । फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचारप्रसारको अवधि तोकिएको छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया