११ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौं । सुनको मूल्य लगातार उकालो लागेको छ । मङ्गलबारको तुलनामा सुन र चाँदी दुवै मूल्यमा सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ११ सयले बढेर ३ लाख ६ हजार ६ सय कायम भएको छ । यस्तै, चाँदी प्रतितोला ५० रुपैँयाले बढेर ५ हजार २९० कायम भएको छ ।
मङ्गलबार प्रतितोला सुन ३ लाख ५ हजार ५०० र प्रतितोला चाँदी ५ हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी ५ हजार २५० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया