धनगढीबाट रास्वपाको चुनावी सभा, बालेन र रविले सम्बोधन गर्ने
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचन लक्षित आफ्नो पहिलो चुनावी सभा सुदूरपश्चिमको धनगढीबाट गर्ने भएको छ। पार्टी प्रवक्ता प्रतिभा रावलका अनुसार, फागुन ६ गते धनगढीको पशुपति टोलमा बृहत् सभा आयोजना गरिने छ।
सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह उपस्थित हुनेछन्। साथै, पार्टीका उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्याल पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ।
यसअघि बालेन्द्र शाह रास्वपा प्रवेश गरेपछि पार्टीले मधेस प्रदेशको जनकपुरमा पनि बृहत् सभा आयोजना गरेको थियो। तर यसपटक निर्वाचन लक्षित पहिलो सभा सुदूरपश्चिमबाट सुरु गर्ने तयारी गरिएको छ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया