विनोद चौधरीले गरे ३ वर्षे प्रतिबद्धताको ‘रिपोर्ट कार्ड’ सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)( १) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा जारी गरेको घोषणा पत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गरेका हुन् ।
चौधरीको सचिवालयका अनुसार ‘रिपोर्ट कार्ड’ को डिजिटलप्रति सार्वजनिक गरिएको छ । ३१ बुँदे घोषणा पत्रको एक-एक बुँदाको उत्तर लिएर आएको उनले बताएका छन् ।
प्रतिनिधि सभा निर्वाचन ०७९ मा निर्वाचित भएका चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भएको बताएका छन् ।


प्रतिक्रिया