७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी
काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्ब बढी भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको माघ मसान्तसम्म सरकारको आम्दानी भन्दा खर्च १ खर्ब १९ अर्ब २० करोड ७६ लाख रुपैयाँले बढी देखिएको हो ।
समीक्षा अवधिमा सरकारले ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ भने ८ खर्ब १ अर्ब ३७ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ ।
७ महिनाको अवधिमा सरकारले कर आम्दानी वार्षिक लक्ष्यको ४५.२१ प्रतिशत अर्थात् ५ खर्ब ९९ करोड ३१ लाख ४६ लाख रुपैयाँ आम्दानी गरेको छ भने गैर कर आय वार्षिक लक्ष्यको ४२.५५ प्रतिशत अर्थात् ६५ अर्ब ७१ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै, सरकारले समीक्षा अवधिमा अनुदान सहायतामार्फत वार्षिक लक्ष्यको २४.०२ प्रतिशत अर्थात् १२ अर्ब ८३ करोड ७९ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
समीक्षा अवधिमा सरकारको पुँजीगत खर्च निकै कमजोर देखिएको छ । चालु आवको सुरुवाती बजेटमा ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखिएकोमा समीक्षा अवधिसम्म जम्मा ६३ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ अर्थात् १५.६२ प्रतिशत खर्च भएको छ ।
तर, समीक्षा अवधिमा सरकारले चालु खर्च तर्फ अन्तर्गत भने बजेट लक्ष्यको ४७.६२ प्रतिशत अर्थात् ५ खर्ब ६२ अर्ब ३७ करोड १५ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै, सरकारले माघ मसान्तसम्म वित्तीय व्यवस्था अन्तर्गत १ खर्ब ७५ अर्ब २७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया