लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
काठमाडौँ । रौतहटको चन्द्रनिगाहपुरमा अवैध लागूऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको गस्ती टोलीले आइतबार दिउँसो चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपा लाबुङका अनुसार गोप्य सूचनाका आधारमा सुरु गरिएको खानतलासीका क्रममा सुरुमा चन्द्रपुर–१ बागमतीका ३२ वर्षीय तुलबहादुर लामा पक्राउ परेका थिए। उनको साथबाट ब्राउन सुगर सेवनमा प्रयोग हुने सामग्री बरामद भएपछि प्रहरीले अनुसन्धानलाई थप तीव्र बनाएको थियो।
सोही क्रममा चन्द्रपुर–४ गणेशचोकस्थित एक घरमा डेरा गरी बस्ने २३ वर्षीया प्रिया तामाङ र ३५ वर्षीय राज बलम पाख्रिन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको कोठाबाट ब्राउन सुगर जोख्ने डिजिटल मेसिन र प्याक गर्न प्रयोग गरिने प्लास्टिकका टुक्राहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको प्रारम्भिक बयानका आधारमा प्रहरीले चन्द्रपुर–१ बाट २९ वर्षीय प्रशान्त तामाङलाई पनि समातेको छ। उनको कोठाबाट २४० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ। पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी लाबुङले जानकारी दिएकी छन्।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया