सस्मितले गरे तीन भाषामा घोषणापत्र सार्वजनिक, शिक्षा सुधार प्रमुख प्राथमिकता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार सस्मित पोखरेलले नेपाली, अङ्ग्रेजी साथसाथै नेवारी भाषामा पनि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । डिजिटल माध्यममार्फत सार्वजनिक गरिएको उक्त घोषणापत्रले समावेशी र प्रविधिमैत्री राजनीतिक अभ्यासको सन्देश दिएको छ ।
पोखरेलले शिक्षा सुधारलाई प्राथमिकतामा राख्दै सम्पदा संरक्षण, डिजिटल अर्थतन्त्र प्रवर्द्धन, नोम्याड भिसा नीति कार्यान्वयन, रोजगारी सिर्जना तथा युवा र महिला सशक्तीकरणलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।
उनका अनुसार बहुभाषिक घोषणापत्र सार्वजनिक गर्नुको उद्देश्य क्षेत्रका विविध समुदायसम्म प्रत्यक्ष पहुँच पुर्याउनु र स्थानीय भाषा तथा संस्कृतिप्रति सम्मान प्रकट गर्नु हो । चुनावी प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको डिजिटल घोषणापत्रलाई नयाँ शैलीको अभियानका रूपमा हेरिएको छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया