१५ निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस, ७ दिने स्पष्टीकरण माग
काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।
कार्यालयले विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म पनि लिखित स्पष्टीकरण पेस नभएकोले सात दिनभित्र स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन पाइँदैन ।

ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया