मेची भन्सारद्वारा नौ अर्ब बयानब्बे करोड राजस्व असुली
झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा नौ अर्ब ९२ करोड २६ लाख २७ हजार राजस्व सङ्कलन गरेको छ।
उक्त कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार उक्त अविधिमा १० अर्ब ५५ करोड २० लाख ३४ हजार सङ्कलनको लक्ष्य निर्धारण भएको थियो।
यद्यपि माघमा मात्रै एक अर्ब ५१ करोड ३४ लाख ३१ हजार सङ्कलन भएको छ। यो उक्त माघका लागि निर्धारित लक्ष्यको १०२ दशमलव ३४ प्रतिशत हो।
चालु आवमा १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व उठाउने लक्ष्य छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया