एमालेको झण्डा जलाएको आरोपमा ५५ वर्षीय बस्नेत पक्राउ
काठमाडौं- दाङको तुल्सीपुर उपमहानगरपालिका –५ को विरेन्द्र चोकमा नेकपा एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाएको आरोपमा ५५ वर्षीय बुद्धिबहादुर बस्नेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रेशम बोहराका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–५ विरेन्द्र चोकमा भएको उक्त घटनामा सङ्लग्न दाङ तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाइएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको तथा उक्त घटनाले सामाजिक सद्भावमा खलल पुर्याउने भएकोले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।
फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा एमालेको चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया