दुर्गा प्रसाईं पक्राउ
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान करिब पौने ८ बजे पक्राउ पुर्जी थमाएर उनलाई नियन्त्रणमा लिएको हो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धान’ उल्लेख गरिएको छ।
उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरमै राखिएका छन्। यसअघि पनि ४ फागुनमा पक्राउ परेका प्रसाईं १३ फागुनमा सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए।
ताजा अपडेट
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता


प्रतिक्रिया