झापा- झापामा प्रतिनिधिसभा निर्वाचनपछि मतदान केन्द्रबाट मतपेटिका संकलन गरेर सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ। निर्वाचन अधिकारी तुलसी नेपालका अनुसार सर्वदलीय बैठकपछि आज राति १२ बजेदेखि मतगणना सुरु गरिनेछ।
जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ। पाँच निर्वाचन क्षेत्रमा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको थियो। कुल ७ लाख १३ हजार ५३७ मतदातामध्ये ९० जना उम्मेदवार प्रतिस्पर्धामा थिए।


प्रतिक्रिया