मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो
मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ ।
जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार कुल ६ हजार ३९७ मत खसेकामा महिला तीन हजार १७० र पुरुष तीन हजार २२६ जना र एक मतदाना अन्य रहेका छन् ।
मतदान सम्पन्न भएसँगै जिल्लाका पाँचवटै स्थानीय तहबाट मतपेटिका सङ्कलन सुरु भएको छ । तल्लो मुस्ताङको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट मतपेटिका जिल्ला समन्वय समितिको सभाहलमा सङ्कलनको काम भइरहेको छ । मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठक बसेर मतगणनाको काम सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया