कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित
मुस्ताङ – नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको छ ।
कांग्रेसले मुस्ताङबाट पहिलो जीत निकालेको हो । यहाँ कांग्रेसका योगेश गौचन थकाली ३३०७ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन कार्यालयका प्रमुख लोकेन्द्र बहादुर ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार नेकपा एमालेले इन्द्रधारा डादु विष्टले १८०६ मत प्राप्त गरेका छन् ।
यसैगरी, रास्वपाका अधितीय चन्द्र थकालीले ७५९ मत प्राप्त गर्दा नेकपाका ङुटुक गुरुङले १५१ मत पाएका छन् ।
राप्रपाका कमला लालचनले १६१ मत पाएकी छन् ।
ताजा अपडेट
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती


प्रतिक्रिया