म्याग्दीमा समानुपातिक मतमा रास्वपाको अग्रस्थान
म्याग्दी । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत यहाँ समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।
गत बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका थिए । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार जिल्लामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धेरै मत पाएको छ । रास्वपाले १९ हजार ९८७, नेकपा (एमाले)ले नौ हजार ४५७, नेपाली काँग्रेसले सात हजार ५९४ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले चार हजार १६२ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीले एक हजार ७१५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आठ सय ४४, राष्ट्रिय मुक्ति पार्टीले सात सय ६२ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले एक सय ७७ मत पाएका छन् ।
जिल्लामा समानुपातिकतर्फ ४७ हजार २६१ मत खसेको थियो । एक हजार ७१० मत बदर र ४५ हजार ९०६ मतगणना भएको थियो ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया