रवि–बालेनलाई बधाई दिँदै राप्रपाले भन्यो– ‘देशले भोलि पश्चाताप गर्न नपरोस्’
काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचनमा प्राप्त अभूतपूर्व सफलताप्रति बधाई दिँदै आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न सुझाव दिएको छ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै रास्वपाको सफलता ऐतिहासिक र अकल्पनीय रहेको बताएका छन्। उनले जनताले दिएको विश्वासलाई सही ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिएका छन्।
श्रेष्ठले लेखेका छन्, “निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अभूतपूर्व सफलता दिलाएको छ। यो निर्वाचनको अकल्पनीय नतिजालाई भोलिका दिनमा देशले पश्चाताप गर्न नपरोस्। त्यो पश्चाताप देशले थेग्न सक्ने छैन।”
उनले यसै सन्दर्भमा रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पनि बधाई दिएका छन्।
राप्रपाले नयाँ राजनीतिक शक्तिले जनताको अपेक्षा अनुसार काम गर्न सके मात्र देशको राजनीतिक प्रणालीप्रति जनविश्वास थप मजबुत हुने संकेत समेत गरेको छ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया