अर्थमन्त्री खनालद्वारा कूटनीतिक राहदानी फिर्ता
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आफूलाई पदको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको उल्लेख गर्दै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया अघि बढाएका हुन्। यस सम्बन्धमा उनले पठाएको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी अब आवश्यक नरहेको भन्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाइदिन अनुरोध गरिएको उल्लेख छ।
खनालले पत्रमार्फत आफूहरू अहिले बिदाइको चरणमा रहेको पनि उल्लेख गरेका छन्।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया