तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
मुस्ताङ- हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ ।
तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
यसअघि (पोखरा—जोमसोम) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रअरी १ सम्म (पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो ।
यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रअरी १ तारिखदेखि (पोखरा–जोमसोम¬) हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो ।
मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा(जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो । उहाँ अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया