यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण कागजातहरू सुरक्षित राख्न अनुरोध गरेको छ ।
अबुधाबीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै त्यहाँ रहेका करिब सात लाख नेपालीलाई उक्त अनुरोध गरेको हो ।
“यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,” दूतावासले सूचनामा भनेको छ ।
आफ्नो राहदानीको म्याद सकिएको भए वा तुरुन्त सकिन लाग्दै छ भने यथाशीघ्र राहदानी नवीकरणको लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन अनुरोध समेत गरिएको छ ।
“कुनै पनि सेवाको लागि दूतावास तथा कन्सुलेट कार्यालयहरू आउँदा आफ्नो र आफू बसेको ठाउँको सुरक्षा स्थिति मध्यनजर गरी, स्थानीय सूचना तथा सुरक्षा मापदण्डहरू पालना गरेर मात्र सोहीअनुसार, दूतावास तथा कन्सुलेट कार्यालय आउन अनुरोध छ,” सूचनामा भनिएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया