आज र भोलि काठमाडौँ-दुबई उडान हुँदै
काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँ–दुबई–काठमाडौँ विशेष उडानको तयारी गरेको छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावले विगत केही दिनदेखि उडान प्रभावित भएकोमा यात्रुलाई गन्तव्यमा पुर्याउन निगमले विशेष उडानको व्यवस्था गरेको हो ।
निगमले जारी गरेको सूचनामा आज राति ११ बजे काठमाडौँ–दुबई उडान हुने भएको छ । यस्तै, दुबई–काठमाडौँ उडान भोलि स्थानीय समयअनुसार ४ बजेर १० मिनेटमा हुनेछ ।
निगमले फेब्रुअरी २८ देखि मार्च ९ तारिखसम्म टिकट लिएर यात्रा गर्न नसकेका यात्रुले यो सेवा लिन सक्ने बताइएको छ । यसका लागि टिकट इमेलमार्फत पठाएर प्रमाणीकरण गराउन आग्रह गरिएको छ । निगमले प्रमाणीकरण गरेका यात्रुहरूलाई मात्र विमानस्थल जान अनुरोध गरिएको छ।
निगमले मध्यपूर्व क्षेत्रमा जारी असहज परिस्थिति तथा सुरक्षासम्बन्धी कारणले जुनसुकै समयमा उडान रद्द हुन सक्ने जनाएको छ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया