प्रदूषण आजबाट केही कम हुने
काठमाडौं । केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ ।
आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने सम्भावना रहेको विभागको भनाइ छ ।
केही समय यता नेपालको उपल्लो वायुमण्डलमा उच्चचापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुन सकेको छैन । वायुमण्डलको तल्लो तहमा न्यूनचापीय गतिविधि बढ्न नसकेका कारण पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै संचित भएर रहँदा केही दिनदेखि देशका धेरै भूभागहरू तुवाँलोले प्रभावित भएको छ ।
विभागले तुवाँलोको कारणले स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि अनुरोध गरेको छ ।
यसैबीच, आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेशको थोरै स्थानमा, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।
राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
कोसी प्रदेशको केही स्थानमा, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया