नयाँ सरकारले निजी क्षेत्रमैत्री दीर्घकालीन नीति ल्याउनुपर्नेमा चन्द्र ढकालको जोड
काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने किसिमका स्थायी तथा दीर्घकालीन नीतिहरू ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।
काठमाडौँस्थित भृकुटीमण्डपमा बिहीबार आयोजित फार्मा एक्स्पो कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा स्थिर सरकार गठन हुने सम्भावना देखिएकाले त्यसबाट स्पष्ट तथा दीर्घकालीन नीतिगत दिशा आउने अपेक्षा व्यक्त गरे।
हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ नजिकको बहुमत प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै ढकालले एकल दलको नेतृत्वमा सरकार गठन हुने सम्भावनाले नीतिगत स्थायित्वको अपेक्षा बढाएको बताए।
उनका अनुसार स्थिर सरकारको उपस्थितिले दीर्घकालीन आर्थिक नीतिहरू कार्यान्वयन गर्न सहज हुने र त्यसले निजी क्षेत्रका गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
ढकालले निर्वाचनका क्रममा सार्वजनिक गरिएको वाचा पत्रमा उल्लेख गरिएका प्रतिबद्धताहरू कार्यान्वयनमा लैजान सरकार गम्भीर हुनुपर्ने पनि बताए। निजी क्षेत्रको विकासमार्फत रोजगारी सिर्जना र आर्थिक वृद्धि सम्भव हुने भएकाले व्यवसायमैत्री वातावरण निर्माणमा सरकारको भूमिका महत्वपूर्ण हुने उनले उल्लेख गरे।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया