सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ घट्यो
काठमाडौं। सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। सुनको भाउ तोलामा २ हजार ८०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रति तोला ३ लाख १४ हजार २०० रुपैयाँ निर्धारण भएको छ।
सुनको मूल्य बिहीबार तोलामा २ हजार रुपैयाँ घटेको थियो। बुधबार भने तोलामा २ हजार रुपैयाँ बढेर ३ लाख १९ हजार रुपैयाँका दरले किनबेच भएको थियो।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको छ। चाँदीको भाउ शुक्रबार प्रति तोला ५ हजार ४९५ रुपैयाँमा आइपुगेको छ। चाँदीको भाउ बिहीबार तोलामा २०५ रुपैयाँ घटेको थियो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य प्रति औंस ५१०५.६९ डलर र चाँदी प्रति औंस ८४.४३ डलर छ। बिहीबार सुनको भाउ प्रति औंस ५१४३.२७ डलर र चाँदीको प्रति औंस ८४.४६ डलर थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया