नेप्से २६ अंकले घट्यो, कारोबार रकम ११ अर्ब ९७ करोड रुपैयाँ
काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा बन्द भएको छ।
आज ३४५ कम्पनीका ३ करोड ७ लाख ९० हजार २ सय ११ कित्ता सेयर किनबेच हुँदा कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार ८८ रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ। यस्तै फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२६ अंकले घटेको छ।
कम्पनीगत प्रदर्शनतर्फ सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अपर हेवाखोला हाइड्रोपावर र सोलु हाइड्रोपावरको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा पुगेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ। यस कम्पनीको ६८ करोड ७७ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
उपसमूहतर्फ १३ मध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने केवल १ उपसमूहको परिसूचक बढेको छ। बैंकिङ समूहको परिसूचक सबैभन्दा धेरै १.६१ प्रतिशतले घटेको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया