NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

सामान्य बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

मंगलबार (चैत ३) सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यससँगै आज सुनको मूल्य तोलाको ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार २६५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष