संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार: महासचिव गुटेरेस
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न र होर्मुजको जलक्षेत्रको सुरक्षा सुनिश्चित गर्ने हरेक प्रयासमा संयुक्त राष्ट्रसङ्घ सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले संयुक्त राष्ट्र सङ्घले यस अघि ‘ब्ल्याक सी’ मा सुरक्षा सुनिश्चि गरी अवस्था सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै यसको परिणम स्वरुप सन् २०२२ जुलाई मा सुरु हुने मानवीय कोरिडोर मार्फत युक्रेनी निर्यातलाई सक्षम बनाएको जनाएका छन् ।
गुटेरेसले हर्मुजको जलक्षेत्रमा सहज निर्यातको अवस्था सिर्जना गर्ने मुख्य उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घले हाल खाडीका प्रमुख निकायका साथै युरोपेली परिषदसँग समन्वय गरिरहेको बताएका छन् ।
उनले यस सन्दर्भमा संयुक्त राष्ट्र सहयोग गर्न इच्छुक र तत्पर रहेको जनाउदै यस्ता प्रयासहरू व्यवस्थापन गर्न संयुक्त राज्य अमेरिका र अन्य साझेदारहरूसँगको प्रत्यक्ष सहकार्यमा सक्रिय रहने पुष्टि गरेका छन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया