सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । आइबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ९४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सुनको भाउ एक साताकै अवधिमा २७ हजार ४ सय रुपैयाँ घटेको छ ।
गत आइतबार प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
आइतबार चाँदीको भाउ तोलामा ३५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ४ हजार ५४० रुपैयाँमा झरेको छ । एक सातामा चाँदीको भाउ प्रतितोला ७३० रुपैयाँ घटेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया