NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

‘इरानसँग सकारात्मक वार्ता हुँदैछ’ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले मध्यपूर्वमा जारी युद्धको सकारात्मक अन्त्य गर्ने प्रयास भइरहेको भन्दै इरानलाई ‘ स्ट्रेट अफ हर्मुज’ नखोले ४८ घण्टाभित्र इरानका ऊर्जा केन्द्रमा आक्रमण गर्ने चेतावनीलाई लम्ब्याएका छन्।

उनले सामाजिक सञ्जाल ट्रथ सोसल मार्फत इरानसँग सकारात्मक वार्ता भइरहेको उल्लेख गर्दै ५ दिनका लागि अल्टिमेटम थप गरेका हुन्।

ट्रम्पले मध्यपूर्वको द्वन्द्वलाई पूर्ण रूपमा समाधान गर्ने विषयमा ‘फलदायी वार्तालाप’ भएको बताएका छन्।

उनले इरानका विद्युत् केन्द्र र ऊर्जा पूर्वाधारमाथि गरिने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा पनि गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा क्यापिटल अक्षरमा सकारात्मक सन्देश सार्वजनिक गरेका छन्।

‘अपरेसन एपिक फ्युरी’ सुरु भएयता उनले गरेको यो पोस्ट सम्भवतः सबैभन्दा नरम र मेलमिलापपूर्ण मानिएको छ, जसले विश्वभर सकारात्मक सन्देश प्रवाह गरेको छ।

इरानले भने ट्रम्पको यस भनाइबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा ठूला अक्षरमा लेखेको सन्देश यस्तो छ- ‘म यो जानकारी दिन पाउँदा खुसी छु कि संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्यपूर्वमा चलिरहेको हाम्रो शत्रुतालाई पूर्ण र सम्पूर्ण रूपमा अन्त्य गर्ने विषयमा अत्यन्त राम्रो र फलदायी वार्तालाप भएका छन्। यी गहिरा, विस्तृत र रचनात्मक छलफलहरूको वातावरण र भावनालाई ध्यानमा राख्दै, यो साता भरि छलफल जारी रहनेछ। मैले रक्षा विभागलाई इरानका विद्युत् केन्द्रहरू र ऊर्जा पूर्वाधारमाथि हुने सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।’

ताजा अपडेट

नेपालवाच विशेष