NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको घट्दा चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार, आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने आज बढेको छ। चाँदी तोलामा ८० रुपैयाँले वृद्धि भई ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा दैनिक उतारचढाव देखिँदै आएको छ।

ताजा अपडेट

नेपालवाच विशेष