इरानले भन्याे-ट्रम्पले गरेका वार्तासम्बन्धी दाबीलाई अस्वीकार गर्छौं
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने विषयमा सकारात्मक वार्ता भएको बताएका छन्। उनले “पूर्ण समाधान” को मुद्दामा राम्रो र सकारात्मक छलफल भएको भन्दै दाबी गरेका हुन्।
सोमबार ट्रम्पले इरानका विद्युत् केन्द्रहरू र ऊर्जा पूर्वाधारमा गरिने सम्भावित आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका थिए । तर इरानको विदेश मन्त्रालयले भने ट्रम्पको उक्त दाबीलाई अस्वीकार गरेको छ। बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार इरानले अमेरिका र आफूबीच कुनै पनि वार्ता नभएको स्पष्ट पारेको छ।
यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै अमेरिका र इरानबीच पछिल्ला दुई दिनमा मध्य पूर्वको तनाव समाधान गर्ने विषयमा राम्रो र सकारात्मक छलफल भएको बताएका थिए।
‘हामी अमेरिकाका राष्ट्रपति ट्रम्पले गरेका वार्तासम्बन्धी दाबीलाई अस्वीकार गर्छौं’ इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। इरानले आफ्नो अडान दोहोर्याउँदै युद्धसँग सम्बन्धित आफ्ना लक्ष्य पूरा नभएसम्म कुनै पनि वार्ता सम्भव नभएको जनाएको छ।
(याे सामाग्री बीबीसी हिन्दीबाट तयार पारिएकाे हाे )
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया