सुनचाँदीको मूल्यमा केही गिरावट, आज कतिमा हुँदैछ किनबेच?
काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा रु चार हजार ६०० ले घटेको छ भने चाँदी पनि रु १५० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६७० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८२० कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९२० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया