NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सरकारको शासकीय सुधार कार्यसूचीले निजी क्षेत्र उत्साहित

काठमाडौं । सरकारले ल्याएको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीप्रति निजी क्षेत्र उत्साहित देखिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ  (एफएनसीसीआई) का अध्यक्षले उक्त कार्यसूची निजी क्षेत्रको मनोबल उच्च राख्ने बताएका छन् ।

ढकाल भन्छन्, ‘सरकारले नेपाल उद्योग वाणिज्य महासंघले लामो समयदेखि उठाउँदै आएको निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति रास्वपाले पारित गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । यो निर्णय निजी क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण उपलब्धि हो ।’

यस रणनीतिले निजी क्षेत्रको सुरक्षा सुदृढ गर्ने, मनोबल उच्च बनाउने तथा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्ने उनको भनाई रहेको छ

ढकालका अनुसार उक्त कार्यसूचीको प्रभावकारी कार्यान्वयनले निजी क्षेत्रका विद्यमान चुनौतीहरू समाधान गर्दै लगानीमैत्री वातावरण प्रवर्द्धन गर्न र उद्यमशीलतालाई थप ऊर्जा दिन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

ताजा अपडेट

नेपालवाच विशेष