दुई साता रोकियो अमेरिका-इरानबीच युद्ध
काठमाडौं। अमेरिका र इरानबीच बढ्दो युद्ध दुई साताको लागि रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका हुन्।
ट्रम्पको निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पले दाबी गरेको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको बताएका हुन्।
ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको सहकार्यमार्फत दुई साता युद्ध विराम गर्न सफल भएको बताएका हुन्।
ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताएका छन्। उनले तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको बताए।
ट्रम्पले दुई साताको युद्ध विरामले दुवै देशलाई अन्तिम सम्झौतामा पुग्ने बाटो भएको प्रतिक्रिया दिएका छन्। उनले लामो समयदेखि जारी द्वन्द्व समाधान हुने संकेत गरे।
युद्ध विराम घोषणापछि ह्वाइ हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने प्रतिक्रिया दिएकी छन्। उनका अनुसार आगामी दिनमा राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले निर्धारण गर्ने उनको भनाइ थियो।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया