दुई साता रोकियो अमेरिका-इरानबीच युद्ध
काठमाडौं। अमेरिका र इरानबीच बढ्दो युद्ध दुई साताको लागि रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका हुन्।
ट्रम्पको निर्णयसँगै इजरायल पनि आक्रमण रोक्न सहमत भएको ट्रम्पले दाबी गरेको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानमाथिको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति जनाएको बताएका हुन्।
ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख असिम मुनिरसँगको सहकार्यमार्फत दुई साता युद्ध विराम गर्न सफल भएको बताएका हुन्।
ट्रम्पले युद्धविराम सशर्त रहेको स्पष्ट गर्दै इरानले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग पुनः खोल्नुपर्ने बताएका छन्। उनले तनाव कम गर्न उक्त जलमार्ग खुला हुनु आवश्यक रहेको बताए।
ट्रम्पले दुई साताको युद्ध विरामले दुवै देशलाई अन्तिम सम्झौतामा पुग्ने बाटो भएको प्रतिक्रिया दिएका छन्। उनले लामो समयदेखि जारी द्वन्द्व समाधान हुने संकेत गरे।
युद्ध विराम घोषणापछि ह्वाइ हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने प्रतिक्रिया दिएकी छन्। उनका अनुसार आगामी दिनमा राष्ट्रपति ट्रम्पको अभिव्यक्तिले निर्धारण गर्ने उनको भनाइ थियो।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया