सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौं – स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ। अघिल्लो दिन उल्लेख्य रूपमा बढेको छापावाला सुनको मूल्य आज तोलामा ४ हजार ३ सय रुपैयाँले घट्दै २ लाख ९४ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार चाँदी तोलामा १५० रुपैयाँले घट्दै ४ हजार ८७५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ५ हजार २५ रुपैयाँमा कारोबार भएको थियो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया