सुन र चाँदीको मूल्य सामान्य वृद्धि
काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेर दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार हुँदैछ।
यसअघि सुन दुई लाख ९६ हजार ९०० रुपैयाँ पुगेको थियो।
उता, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर कारोबार हुँदैछ। शुक्रबार चार हजार ९६० मा किनबेच भएको चाँदी आज चार हजार ९७५ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया