एक हजार २०० रुपैयाँले बढ्यो सुन
काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन (आइतबार) एक हजार २०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै सोही परिणामको चाँदी ९५ रुपैयाँले बढेर पाँच हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार १३० रुपैयाँ कायम भएको थियो।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया