अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याएको बताएका छन् । पाकिस्तानको अनुरोधमा इरानसँग युद्धविराम बढाउने बताए पनि ट्रम्मले इरानी बन्दरगाहहरूको नाकाबन्दी भने जारी राख्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले इरानले शान्ति वार्ताको लागि एकीकृत प्रस्ताव नल्याएसम्म युद्धविराम जारी राख्ने बताए ।
‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार र सक्षम रहन निर्देशन दिएको छु । र, त्यसैले उनीहरूको प्रस्ताव पेश नभएसम्म र छलफलहरू कुनै न कुनै रूपमा समाप्त नभएसम्म युद्धविराम विस्तार गर्नेछु’, ट्रम्मले भनेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया