NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

तोलामा १८ सय रुपैयाँले घट्यो सुन

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि ११० रुपैयाँले घटेको छ।

आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ। यसअघि बुधबार सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य ३ लाख २ हजार ८ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको भाउ घटेर आज प्रतितोला ५ हजार २० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो भने गत बिहीबार यसको मूल्य ५ हजार २८० रुपैयाँ थियो।

ताजा अपडेट

नेपालवाच विशेष