बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान
गलकोट। दिगो पर्यटन प्रवर्द्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि ४५ लाख अनुदान दिएको छ।
ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।
युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले बताए ।
ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि अनुदान दिइएको उनले बताए।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया