NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्य तोलामा १३ सयले बढ्यो

काठमाडौं – स्थानीय बजारमा सोमबार (वैशाख १४) सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो।

बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५०० रुपैयाँ पुगेको छ। यसअघि आइतबार यही सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भई प्रतितोला ५ हजार ४५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष